Google Visitor Experience
आउटडोर आर्ट
इन्स्टलेसन
हामी तपाईंलाई बाहिर प्लाजामा भएका कलाकृतिहरू उत्सुक भएर, छोएर अनि रमाइलो गरेर अन्वेषण गर्नका निम्ति निम्तो गर्छौँ। बर्निङ म्यान प्रोजेक्टको सहयोगमा स्थानीय माउन्टेन भ्यू कम्युनिटीको सहकार्यमा छ वटा सानदार र कल्पनाशील कलाकृतिहरू चयन गरिएका छन्। हामीले यस कलाकृतिका थिममा आधारित मिटिङमा समुदायका मानिसहरूबाट बाल्यकालका रोमाञ्चक र चाखलाग्दा कथाहरू सुन्यौँ। साथै, हामीले ल्यान्डमार्कहरू पहिचान गरेर मानिसहरू आफ्नो ठाउँ कसरी फेला पार्न सक्छन् भन्ने कुरा सिक्न पायौँ र मानिसहरू आफ्नो जीवनमा रोमाञ्चक र अद्भुत अनुभव लिन चाहन्छन् भन्ने कुरा पनि जान्न पायौँ। हामी अन्तर्क्रियात्मक र गतिशील कलामार्फत नयाँ आउटडोर स्पेसले मानिसहरूलाई सम्बन्ध सुदृढ गर्ने र नयाँ व्यक्तिहरूसँग जोडिने ठुलो अवसर प्रदान गर्ने छ भन्ने कुरा आशा गर्छौँ।
इन्डोर आर्ट
कलेक्सन
Google को आर्टिस्ट इन रेसिडेन्स प्रोग्राममा कलाकारहरूलाई प्रमुख आविष्कारका रूपमा हेरिने गरिन्छ। यी कलाकारहरू हामीले सँगै मिलेर काम गर्ने र समय बिताउने समुदायहरूमा मानिसहरूको सिर्जनात्मक कुरालाई प्रेरणा दिने काम गर्छन्। हामी Google का स्पेसहरूमा मूल कलाकृति बनाउन संसारभरिका कलाकारहरू समावेश गर्छौँ। Google Visitor Experience जस्ता ठाउँहरूमा भएका कलाकारका कलाकृतिले प्रोग्रामका लक्ष्य पूरा गर्न मद्दत गर्छ। त्यस्ता लक्ष्यहरूमा समुदाय बनाउने, सिर्जनात्मक कलालाई प्रेरणा दिने र नयाँ कुराहरू आविष्कार गर्ने जस्ता कुराहरू पर्छन्। तपाईं Google Visitor Experience मा क्याफे, Huddle र Google स्टोरमा आर्टिस्ट इन रेसिडेन्स आर्टवर्क प्रोग्राममा सामेल कलाकारका कलाकृति भेट्टाउन सक्नुहुन्छ। यो प्रोग्राममा Kelly Ording, John Patrick Thomas, Miguel Arzabe र Angelica Trimble-Yanu कलाकारहरू सामेल हुनुहुन्छ र उहाँहरू सबै बे क्षेत्रमा बसोवास गर्नुहुन्छ।