हामी बे भ्यू र ग्रेडिएन्ट क्यानोपीमा स्थानीय समुदाय तथा Google दुवैलाई फाइदाजनक हुने दिगो डिजाइन प्रयोग गरेर जीवन्त र उत्साहजनक ठाउँहरू बनाउन चाहन्छौँ। हामी सधैँ सहयोगी छिमेकी बन्ने कोसिस गर्छौँ। त्यसैले हामीले ग्रेडिएन्ट क्यानोपीमा हाम्रा छिमेकी, पाहुना र Google का कर्मचारीका लागि समावेशी र आफ्नोपन महसुस गराउने खालका सामुदायिक स्थानहरू बनाउने कुरामा जोड दिएका छौँ। हाम्रो उद्देश्य उत्कृष्ट कार्यस्थान डिजाइन गर्ने मात्र नभएर हाम्रा स्थानीय समुदायलाई एकअर्कासँग जोडिन र सफल हुन सघाउने नयाँ मार्गहरू बनाउनु पनि रहेको छ।
ठाउँ डिजाइन गर्ने कार्य
Designing vibrant places that respond to their local context and create benefits for everyone.
३ मिनेट
ग्रेडिएन्ट क्यानोपीको सार्वजनिक प्लाजा देखाइएको फोटो।
"हामी यी ठाउँको अन्वेषण गर्ने सबै मान्छेलाई कसरी सकारात्मक पर्यावरणीय तथा सामाजिक प्रभाव पर्न सक्छ भन्ने बारेमा राय बटुल्दै छौँ,"
– Joe Van Belleghem, Google को विश्वव्यापी विकासका वरिष्ठ निर्देशक
हामीले ग्रेडिएन्ट क्यानोपीको भवन वरपरको वातावरणअनुसार निर्माण गर्ने कुरामा विशेष ध्यान दिएका छौँ। हामीले साइकल लेन र पैदल मार्ग छुट्याइएको ग्रिन लुप बनाएका छौँ। हाम्रो भवनको वरपर नागबेली आकारमा बनाइएको यो ग्रिन लुप १८ एकड जमिनमा फैलिएको छ। मानिसहरू भवनको बाहिरपट्टि रहेको यो सार्वजनिक स्थलमा स्थानीय बोटबिरुवा र सार्वजनिक कलाकृतिको अवलोकन गरेर आनन्द लिन सक्छन्।
भवनको पश्चिमी भागमा रहेको चार्ल्सटन पार्कले सर्वसाधारणहरूलाई Google Visitor Experience मा स्वागत गरिरहेको हुन्छ। चाहे तपाईं क्याफेमा साथीभाइसँग भेट्दै हुनुहुन्छ, Huddle मा आयोजित कार्यक्रममा भाग लिँदै हुनुहुन्छ, Google स्टोरमा उपलब्ध उत्पादन तथा सेवाहरूको अन्वेषण गर्दै हुनुहुन्छ, पप-अप पसलमा स्थानीय व्यवसायका बारेमा जानकारी लिँदै हुनुहुन्छ वा प्लाजामा आयोजित कार्यक्रममा भाग लिएर र त्यहाँ राखिएका कलाकृति हेरेर आफ्नो उत्सुकता मेटाउँदै हुनुहुन्छ, यहाँ सबैका लागि केही न केही उपलब्ध छ। Huddle मा स्थानीय गैरनाफामुखी संस्था र सामुदायिक सङ्गठनसँग सम्बन्धित विभिन्न कार्यक्रम र कार्यशालाहरू आयोजना गरिन्छन्। यो माउन्टेन भ्यू क्याम्पस र नर्थ बेसोरका मानिसहरूले एक आपसमा सामाजिक अन्तर्क्रिया गर्नका निम्ति भेट्ने ठाउँ पनि हो।
यी भित्री सामुदायिक स्थलहरू एउटा ठुलो बाहिरी सार्वजनिक प्लाजासँग जोडिएका छन्। हामी यहाँ स्थानीय कार्यक्रमहरू आयोजना गर्ने छौँ र समुदाय र Google का कर्मचारीहरूबिचको सम्बन्ध प्रगाढ बनाउने छौँ। प्लाजामा छ वटा सार्वजनिक कलाकृति राखिएका छन् भने बस्नका लागि प्रशस्त सार्वजनिक ठाउँ उपलब्ध छ।
माउन्टेन भ्यूको चहलपहलले भरिपूर्ण सागसब्जी तथा फलफूलको बजार।
मानिसहरूलाई नर्थ बेसोरको यात्रा गर्न सहज होस् भनेर हामीले City of Mountain View सँग सहकार्य गरेर चार्ल्सटन ट्रान्जिट कोरिडोरको पहिलो चरणको निर्माण सम्पन्न गरेका छौँ। यसले सार्वजनिक यातायात प्रयोग गर्न प्रोत्साहित गर्ने छ, साइकल तथा पैदलयात्रीको सुरक्षा बढाउने छ र मानिसहरू कारविनै सजिलै नर्थ बेसोर आउन सक्ने छन्। ग्रेडिएन्ट क्यानोपी परियोजनाअन्तर्गत क्याम्पसको अगाडिपट्टि चार्ल्सटन रोडमा दुई वटा ट्रान्जिट सेन्टर निर्माण गरिएका छन्। यी संरचनाका साथै चार्ल्सटन रोड र सोरलाइन बोलिभार्डमा निर्माण गर्ने योजना बनाइएको सार्वजनिक बस मात्र चल्न पाउने लेनले गर्दा यस क्षेत्रमा सार्वजनिक यातायातको सुविधा अझ सहज हुने छ।
चार्ल्सटन ट्रान्जिट कोरिडोरमा विश्वस्तरीय साइकल तथा पैदल लेन बनाइएको छ भने यहाँ छुट्याइएर बनाइएको क्लास IV साइकल मार्ग ("साइकल ट्रयाक" पनि भनिने) पनि छ। “दुई पाङ्ग्रे” साधन प्रयोग गर्ने मानिसहरूलाई प्रोत्साहित गर्न हामीले भवनभित्र ७८० वटाभन्दा बढी साइकल पार्किङका साथै साइकल लकर र सावरहरूको व्यवस्था गरेका छौँ।
पाठकहरूका लागि महत्त्वपूर्ण जानकारी: यो स्टोरी पहिलो पटक मे २०२२ मा प्रकाशित गरिएको थियो भने परियोजनासम्बन्धी नवीनतम जानकारी समावेश गर्नका निम्ति यसलाई अगस्ट २०२३ मा संशोधन गरिएको थियो।