स्वस्थकर सामग्री

हामीले भवन निर्माण गर्ने क्रममा मानिस तथा अन्य जीवजन्तुको स्वास्थ्यमा प्रतिकूल असर नपुर्‍याउने खालका सामग्री प्रयोग गरेका छौँ।

५ मिनेट

फोटो: Google का लागि Iwan Baan ले खिच्नुभएको।

माथिबाट खिचिएको ग्रेडिएन्ट क्यानोपी र Google Visitor Experience को फोटो। फोटोमा ड्रयागनस्केलको जस्तो डिजाइनमा बनाइएको सोलर छानो देख्न सकिन्छ। फोटो: Google का लागि Iwan Baan ले खिच्नुभएको।

हामीले दशकौँसम्म भवनभित्रको वातावरण स्वस्थ बनाउने तरिकाका बारेमा अन्वेषण गरेका छौँ। हाम्रा भवन बनाउन सुरु गरेका बेला Google का संस्थापकहरू हातमा बोक्न मिल्ने धुलो मापन गर्ने यन्त्रहरूले धुलो मापन गर्दै भवन वरपर हिँडेका कथाहरूदेखि हाम्रा भवनभित्रका रेट्रोफिट गरिएका भागहरूमा अनावश्यक रूपमा विषाक्त कुराहरू नआऊन् भन्नाका लागि वर्षौँ लगाएर हजारौँ उत्पादनहरू छानेको लामो समयसम्म हामी स्वस्थ कार्यस्थानहरू बनाउन केन्द्रित भएका छौँ। हामी ग्रेडिएन्ट क्यानोपी International Living Future Institute (ILFI) ले सञ्चालन गरेको Living Building Challenge (LBC) कार्यक्रमअन्तर्गत प्रदान गरिने मटरियल्स पेटल प्रमाणपत्र प्राप्त गर्ने आजसम्मकै सबैभन्दा ठुलो परियोजना भएकोमा गर्व गर्छौँ। यस कार्यक्रमले मानिस तथा अन्य जीवजन्तुको स्वास्थ्यमा प्रतिकूल असर नपुर्‍याउने र पुनः प्रयोग गर्न सकिने खालका सामग्रीको पारदर्शी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राख्छ।

हामीले ग्रेडिएन्ट क्यानोपी र Google Visitor Experience भित्र मानिस तथा वातावरणका लागि स्वस्थ सामग्री प्रयोग गर्ने कार्यलाई प्राथमिकता दियौँ। भवनभित्र जडान गरिएका हरेक सामग्रीमा LBC को रातो सूचीमा समावेश गरिएका पदार्थ छैनन् भन्ने कुरा सुनिश्चित गर्न निर्माणकर्ताले तिनको समीक्षा गरेका छन्। रातो सूचीमा भएका पदार्थले मानव तथा वातावरणीय स्वास्थ्यमा नकारात्मक असर पार्ने सबैभन्दा खराब वर्गका रासायनिक पदार्थलाई जनाउँछन्। ग्रेडिएन्ट क्यानोपीमा भवन निर्माण उद्योगमा पारदर्शितालाई प्रोत्साहित गर्ने हाम्रो प्रयासमा सामेल भएका निर्माणकर्ताहरूसँग मिलेर कुल ८,००० भन्दा बढी उत्पादनहरूको समीक्षा गरिएको थियो।

ग्रेडिएन्ट क्यानोपीमा प्रयोग गरिएका स्वस्थ सामग्रीसम्बन्धी हाम्रो दृष्टिकोण भवनभित्रका स्थान र Google का कर्मचारीहरूले दैनिक रूपमा काम गर्ने स्थानभन्दा परसम्म फैलिएको छ। भवनको बाहिरी भागमा राखिएका छ वटा सार्वजनिक कलाकृति लगायतका भवनभित्र र बाहिर प्रयोग गरिएका सामग्रीहरू हेरेर हामीले समुदायको स्वास्थ्यका साथै आपूर्ति चक्र र हाम्रा भवनमा प्रयोग हुने उत्पादनहरूको समग्र जीवन चक्रमा प्राथमिकता दिन थाल्यौँ। यसको अर्थ सामग्री छान्दा स्वास्थ्यलाई मुख्य पक्षका रूपमा ध्यान दिइएको सुनिश्चित गर्न कार्पेट र पर्खाल जस्ता तपाईंले देख्न र छुन सक्ने सामग्रीदेखि झ्यालमा लगाइएका रङ र भवनमा प्रयोग गरिएका इन्सुलेसन जस्ता तत्काल सजिलै नदेखिने सामग्रीसम्म तिनका निर्माताहरूबाट ध्यानपूर्वक छानिएका थिए।

Google का लागि Iwan Baan ले खिच्नुभएको फोटो।

भवनभरि नै स्वस्थकर सामग्री प्रयोग गरिएको छ। जस्तै, मास टिम्बर क्रस-लेमिनेटेड काठ, झ्यालको कोटिङ, कार्पेट, ड्राइवाल, आदि। फोटो: Google का लागि Iwan Baan ले खिच्नुभएको।

र यो कुरा यो भवन र यसमा प्रयोग गरिएका सामग्रीका सम्बन्धमा मात्र लागू हुँदैन। निर्माण सामग्री उद्योगमा परिवर्तन ल्याउने प्रयासमा ग्रेडियन्ट क्यानोपी टोलीले विशेष गरी सामग्रीको पारदर्शिता नभएका उद्योग तथा उत्पादनका कोटीहरूमा निर्माताहरूलाई आफ्ना उत्पादनका लाइनअनुसारका लेबलहरू घोषणा गरी तिनलाई उत्पादनमा समेट्न प्रोत्साहित गर्‍यो। यी निर्माताहरूले भवन निर्माणमा प्रयोग हुने LBC को रातो सूचीमा समावेश भएका रासायनिक पदार्थहरू प्रयोग नभएका र जिम्मेवार तरिकाले आपूर्ति गरिने उत्पादनहरूमा प्रष्ट र जानकारीमूलक “पोषणसम्बन्धी लेबलहरू” राख्छन्। उदाहरणका लागि, यो परियोजनामा प्रयोग गरिएका काठका धेरै ढोका र फ्रेमहरूमा लेबल घोषणा गरिएको छ। परियोजनाको सुरुमा यी उत्पादनहरूमा लेबल घोषणा गरिएको थिएन।

फोटो: Mark Wickens

Hou de Sousa को "Go" कलाकृतिमा प्रयोग गरिएका डिस्कहरू वातावरणमैत्री प्लास्टिकबाट बनाइएकाले यसले "Declare" लेबल प्राप्त गरेको छ। फोटो: Mark Wickens

अन्त्यमा ग्रेडिएन्ट क्यानोपीमा स्वस्थ सामग्री प्रयोग गर्ने लक्ष्यमा पुग्नु भनेको हामी निर्माण तथा स्रोतहरूको धेरै ठुलो विश्वव्यापी समुदायको हिस्सा हौँ भने स्वीकार गर्नु हो। LBC का सामग्रीसम्बन्धी मापदण्डहरू कडाइका साथ पालना गर्न परियोजनाको पूरै टोली लक्ष्यहरूप्रति प्रतिबद्ध रहेर यस कार्यमा संलग्न हुनु पर्‍यो र समस्याका गैर-परम्परागत समाधान निकाल्न आफ्ना परम्परागत प्रक्रिया तथा विधिहरूप्रति खुला रहनु पर्‍यो। डिजाइनर, निर्माता, सहायक ठेकेदार, व्यापारिक जगत र निर्माणको काम गर्ने कामदारहरूले आफ्ना माध्यम तथा विधिहरूप्रति पारदर्शी रहेर र एक अर्काबाट सिक्ने विकल्प खुला राखेर पूरै टोलीलाई सहज महसुस गर्न मद्दत गरे। अब टोलीका यी सदस्यहरू क्षेत्र तथा देशभर नयाँ परियोजनामा काम गर्न जाँदा भविष्यका निर्माण कार्य गर्न स्वस्थ सामग्री छान्ने र डिजाइन गर्ने बलियो सीप लिएर जान्छन्।