यो क्षेत्रमा के कुरा एकदमै विशेष छ भन्ने बारेमा हामीलाई थप बताउन सक्नुहुन्छ?
यहाँ नयाँ परिवर्तनको संस्कृति व्यापक छ र यो हरेक दिन चर्चाको विषय बन्छ। यहाँका अधिकांश व्यक्तिसँग संसारमा कुनै परिवर्तन ल्याउने गहन प्रतिबद्धता छ। यही प्रतिबद्धताले नै हामीलाई Google र Alphabet मा काम गर्न हौसला दिन्छ र यही हौसलाकै कारण यहाँ बस्न र काम गर्न चाहने सबैले यो ठाउँ रोजेका हुन् भन्ने कुरामा म विश्वस्त छु। यस भ्यालीमा हामीले देख्न चाहेको भविष्य बनाउने उत्साह छ र मेरो विचारमा यो कुराले यो ठाउँलाई संसारका सबैभन्दा विशेष ठाउँमध्ये एक बनाउँछ।
Google को माउन्टेन भ्यूसँग कस्तो सम्बन्ध छ?
Google ले १९९९ देखि नै माउन्टेन भ्यूलाई आफ्नो घर मानेको छ र हामी आगामी धेरै वर्ष यहीँ रहिरहन सक्ने सम्भावना देख्छौँ। हामीलाई माउन्टेन भ्यूमा रहेका सबै कुरा मन पर्ने भएकाले नै Google ले आफ्नो मुख्यालय बनाउन यो ठाउँ रोजेको हो। हामी खाडीको सुन्दरता, विश्वविद्यालयहरूको निकटता, परिवारमैत्री वातावरण र सिलिकन भ्यालीको केन्द्रमा रहेको सहरमा काम गर्ने अवसर मन पराउँछौँ।
हाम्रा धेरै कर्मचारीहरू माउन्टेन भ्यूमा बस्छन् र यहीँ काम गर्छन् र एक कम्पनीका रूपमा हामी उनीहरूका राम्रा छिमेकी हौँ भन्ने कुरामा विश्वस्त छौँ। वर्षौँदेखि हामीले समुदायमा दशौँ लाख डलर लगानी गरेका छौँ। तिनमा STEM शिक्षालाई सहयोग गर्न माउन्टेन भ्यू एजुकेसनल फाउन्डेसनमा अनुदान दिने, माउन्टेन भ्यूको सामुदायिक सटलमा आर्थिक सहयोग गर्ने, घरबारविहीनहरूका समस्या सुल्झाउने र तिनको रोकथाम गर्ने सेवाहरूलाई र Charleston Retention Basin जस्ता वातावरण पुनर्स्थापना गर्ने परियोजनाहरूलाई अनुदान दिने जस्ता कुराहरू पर्छन्।
र हरेक वर्ष Google का कर्मचारीले माउन्टेन भ्यूमा रहेका माउन्टेन भ्यूको सामुदायिक सेवा एजेन्सी, सिलिकन भ्याली बाइसिकल एक्स्चेन्ज, माउन्टेन भ्यूका स्कुलहरू र अद्वितीय कम्प्युटर हिस्ट्री म्युजियमलगायतका संस्थाहरूमा हजारौँ घण्टा स्वयंसेवक भएर काम गर्ने कुरामा हामी गर्व गर्छौँ।
ग्रेडिएन्ट क्यानोपी र बे भ्यूले यो क्षेत्रसँग स्थापित Google को दीर्घकालीन सम्बन्धलाई कसरी निरन्तरता दिएका छन्?
ग्रेडिएन्ट क्यानोपी हामीले माउन्टेन भ्यूमा गरेको सबैभन्दा पहिलो भौतिक विकास हो र हामीले यस परियोजनामा नर्थ बेसोरको भविष्यप्रतिको यस सहरको दृष्टिकोण कसरी उत्कृष्ट तरिकाले समेट्न सकिन्छ भनेर लामो समय गम्भीर रूपमा सोच्यौँ। ग्रेडियन्ट क्यानोपीले समुदायलाई स्वागत गर्ने, प्राकृतिक वातावरणलाई सुन्दर तरिकाले समेट्ने, सहरलाई आर्थिक रूपमा समृद्ध बनाउने र माउन्टेन भ्यूमा बस्न र काम गर्न मन पराउने हाम्रा कर्मचारीहरूलाई पनि सहयोग गर्ने उद्देश्यपूर्ण डिजाइनका साथ कार्यस्थानको परिभाषा नै बदलेको छ।
कोभिड महामारीभन्दा अगाडिदेखि नै Google का कार्यस्थानहरू केही “Googley” तरिकाले बनाइएका स्वस्थकर, दिगा र काम गर्न सजिला स्थान भएको चर्चा हुने गरेको छ। उत्कृष्ट डिजाइनले कुनै पनि ठाउँलाई बसौँ बसौँ लाग्ने बनाउँछ। महामारीपछि हाम्रा कार्यालयहरू सुरक्षित रूपमा खुलेपछि विश्वभर रहेको हाम्रो जनशक्तिको आधा हिस्सा स्वैच्छिक रूपमा कार्यालय फर्कनुले पनि यो कुरा पुष्टि गर्छ। हाल हामी हाम्रा भौतिक परियोजनामार्फत स्थानीय समुदायमा धेरै प्रतिबद्धता पूरा गर्न र सिकाइलाई अघि बढाउन सक्ने भएका छौँ। हामी यी स्थानहरूले कसरी समुदायसँग अन्तर्क्रिया गर्न सघाउँछन् र जुझारुपन निर्माण गर्छन् र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन् भन्ने कुरामा केन्द्रित छौँ।