आफ्नो यात्राको योजना बनाउनुहोस्
सोमवारदेखि शनिवारसम्म
आइतवार
यहाँ आउने बाटोसम्बन्धी जानकारी
Google ले दुई दशकभन्दा लामो समयदेखि माउन्टेन भ्यूलाई आफ्नो घर मान्दै आएकाले पहिलो Google Visitor Experience यहाँ बन्नु स्वाभाविक कुरा हो।
तपाईं निजी गाडी, सार्वजनिक यातायात वा साइकल जुनसुकै माध्यमबाट आउने भए पनि Google Visitor Experience मा आउनका निम्ति विभिन्न बाटोहरू उपलब्ध छन्।
Transportation Tips
ड्राइभिङ तथा पार्किङ
सार्वजनिक यातायात
साइकल पार्किङ
राइडसेयर
Free parking is available at:
- Shoreline Amphitheatre Parking Lot C (directions) is located north of the Google Visitor Experience at 1 Amphitheatre Pkwy (~4 minute walk). Lot C is closed on concert days, so we recommend parking at Alta Garage on these days.
- Alta Garage (directions) is located at 1001 Alta Ave (~8 minute walk). EV charging is available at Alta Garage.
- ADA parking is available at both Lot C and Alta Garage. Additionally, an ADA-accessible drop off zone is located at the western building entrance in front of the Google Store.
Take a virtual look around
The below video was created using Google Street View technology, and offers a look inside the Google Store, Cafe, and Huddle. You can also visit Google Maps to explore Street View of the public spaces and art.

Take a virtual look around
तपाईंका प्रश्नहरूको जवाफ
Google Visitor Experience का बारेमा प्रायः सोधिने प्रश्नहरूको जवाफ पाउनुहोस्।
Google Visitor Experience मा प्रवेश गर्न शुल्क तिर्नु पर्दैन! तपाईं Google Visitor Experience खुला रहने समयमा जुनसुकै बेला यहाँ आउन सक्नुहुन्छ र Google स्टोर, Huddle र प्लाजामा आयोजना गरिने कार्यक्रममा सामेल हुँदा तपाईंले कुनै शुल्क तिर्नु पर्दैन। तपाईंलाई मन लाग्यो भने तपाईं क्याफेमा खानेकुरा तथा पेय पदार्थ, Google स्टोरमा उत्पादन र पप-अप पसलमा सामग्री खरिद गर्न सक्नुहुन्छ।
अँ, तपाईं बाहिरबाट खानेकुरा र मदिरारहित पेय पदार्थ ल्याएर आउटडोर प्लाजा वा नजिकैको Charleston Park मा बसेर खान सक्नुहुन्छ। कृपया Google Visitor Experience को आँगनका बाहिरी तथा भित्री सिटहरू हाम्रो क्याफेबाट खानेकुरा तथा पेय पदार्थ खरिद गर्ने मानिसहरूका लागि मात्र छुट्याइएको हो भन्ने कुरा ख्याल राख्नुहोस्।
पर्दैन! तपाईं Google Visitor Experience खुला रहने समयमा जुनसुकै बेला यहाँ आउन सक्नुहुन्छ। केही कार्यक्रमका लागि सीमित सिट मात्र उपलब्ध हुने भएकाले तपाईं कुनै कार्यक्रममा सामेल हुन खोज्दै हुनुहुन्छ भने हामी उक्त कार्यक्रमका हकमा RSVP गर्न सिफारिस गर्छौँ।
हामी खानेकुराबाट हुने एलर्जीलाई गम्भीर रूपमा लिन्छौँ र तपाईं यहाँ आएर खाँदा सुरक्षित महसुस गर्नुहोस् भन्ने चाहन्छौँ। हामी खानेकुरामा प्रयोग गरिएका मुख्य सामग्रीका बारेमा जानकारी प्रदान गर्नका निम्ति खानेकुराको नाम र विवरण रेस्टुरेन्टकै शैलीमा उल्लेख गर्छौँ। तपाईंले खानेकुरामा प्रयोग गरिएका थप सामग्रीका बारेमा हामीलाई प्रश्न सोध्नुभयो भने हामी तपाईंको प्रश्नको जवाफ दिने छौँ र तपाईंले अनुरोध गर्नुभएका खण्डमा हामी तपाईंलाई उत्पादनका लेबल पनि देखाउने छौँ। हाम्रो भान्सामा बन्ने खानेकुरा पूर्ण रूपमा हाम्रो भान्सामा नै तयार हुन्छन् र हामी एलर्जी गराउन सक्ने खानेकुराका हकमा विशेष सावधानी अपनाउँछौँ। तर हाम्रा मेनुहरू परिवर्तन भइरहन्छन् र उत्पादकहरूले हाम्रो जानकारीविनै उत्पादनमा प्रयोग गरिने सामग्री परिवर्तन गर्न सक्छन्। त्यसैले तपाईं कुनै दिनको खानेकुरामा के कुरा प्रयोग गरिएको छ भन्ने कुरा थाहा पाउन चाहनुहुन्छ भने तपाईंले हाम्रा सेफ र प्रबन्धकहरूसँग कुरा गर्नु राम्रो हुन्छ। तपाईंसँग कुनै प्रश्न छ भने कृपया त्यसबारे टोलीका सदस्यलाई जानकारी गराउनुहोस्। उहाँले प्रबन्धकलाई जानकारी दिनु हुने छ र प्रबन्धकले तपाईंलाई आवश्यक सहायता गर्नु हुने छ।
अँ! Google Visitor Experience मा आउनका निम्ति पश्चीमी ढोकाबाट र्याम्प बनाइएको छ र अपाङ्गता भएका मान्छेहरूले यहाँ सजिलै आवतजावत गर्न सकून् भन्नाका लागि यहाँका डोरवेहरू ADA मा तोकिएका मापदण्डबमोजिम बनाइएका छन्।
क्याफे र Huddle मा पाल्तु जनावर ल्याउन पाइन्छ। Google स्टोर र आउटडोर प्लाजा कुकुरमैत्री छन्।
Google Visitor Experience ले सम्बन्ध प्रगाढ बनाउनका लागि डिजाइन गरिएका ठाउँहरू उपलब्ध गराएर समुदाय, अतिथि र Google का कर्मचारीहरूलाई एकअर्कासँग जोड्ने उद्देश्य राखेको छ। यहाँ कुनै अतिथि केन्द्र नभए तापनि अतिथिहरू Google स्टोर र यहाँ उपलब्ध अन्य ठाउँहरूको आनन्द लिन सक्छन्। ती ठाउँमा उत्पादन, व्यापारिक सामान तथा कार्यक्रमहरूमार्फत Google को ब्रान्डका बारेमा हाइलाइट गरिएको हुन्छ।
Google Visitor Experience मा गाइडले घुमाउने व्यवस्था नभए पनि तपाईं हाम्रो कार्यालय खुला रहने समयमा जुनसुकै बेला यहाँ आएर सार्वजनिक रूपमा उपलब्ध सुविधाहरू प्रयोग गर्न र गाइडविना घुम्ने तरिकासम्बन्धी जानकारी दिइएको यो पम्पलेट पढ्न सक्नुहुन्छ।
अँ! Huddle, क्याफे र Google स्टोरमा सार्वजनिक रूपमा उपलब्ध Wi-Fi को व्यवस्था छ।
Shoreline Amphitheatre Parking Lot C र Alta Garage मा निःशुल्क पार्किङको व्यवस्था छ। पार्किङ स्थलका बारेमा थप विवरण प्राप्त गर्न माथितिर स्क्रोल गरी "यहाँ आउने बाटोसम्बन्धी जानकारी" खण्डमा जानुहोस्।
तपाईंको स्थानीय सामुदायिक समूह वा गैरनाफामुखी संस्था छ भने तपाईं Huddle को कार्यक्रम स्थलमा ठाउँ बुक गर्न योग्य हुन सक्नुहुन्छ। यस सम्बन्धमा थप जानकारी प्राप्त गर्न कृपया Huddle को बुकिङ पेजमा जानुहोस्।
हामीलाई सीधै visit@google.com मा सम्पर्क गर्नुहोस्