Huddle बुक गर्न चाहनुहुन्छ?

Huddle भनेको समुदायलाई प्रोग्रामिङ गर्न, संवाद गर्न र सिक्न मद्दत गर्ने प्लेटफर्म हो। स्थानीय गैरनाफामुखी संस्था र सामुदायिक समूहहरूले कार्यक्रम आयोजना गर्नका निम्ति यहाँ ठाउँ बुक गर्न सक्छन्। तर यहाँ व्यक्तिगत तथा सामाजिक कार्यक्रम भने आयोजना गर्न पाइँदैन।

Huddle को कार्यक्रम स्थलमा ८० जनासम्म अट्छन्। उक्त कार्यक्रम स्थल प्रेजेन्टेसन, वर्कसप र लाउन्जलगायतका गतिविधिका लागि उपयुक्त हुने गरी विभिन्न तरिकाले बस्न मिल्ने गरी कन्फिगर गर्न सकिन्छ।

लेआउटका सजिला शैलीहरू

Huddle booking requirements

खाडी क्षेत्रमा आधारित

स्थानीय सामुदायिक समूहहरू

गैरनाफामुखी संस्था

व्यापारिक कार्यक्रम आयोजना गर्न पाइँदैन

व्यक्तिगत कार्यक्रम आयोजना गर्न पाइँदैन

दिगो, सामुदायिक, शैक्षिक, सांस्कृतिक, बौद्धिक वा परोपकारी गतिविधि (जस्तै, मिटिङ, वर्कसप र कार्यक्रमहरू) मा संलग्न संस्थाहरूले माथि उल्लिखित विवरण समावेश गरी Huddle बुक गर्ने अनुरोध पेस गर्न पाउन सक्छन्।

Booking request form

बुकिङसम्बन्धी प्रायः सोधिने प्रश्न

म कसरी ठाउँ बुक गर्न सक्छु?

स्थानीय गैरनाफामुखी संस्था र सामुदायिक समूहहरूले सोधपुछ फाराम भर्न सक्छन् र हाम्रो टोलीले तपाईंलाई सम्पर्क गरेर उपलब्धतासम्बन्धी जानकारी दिने छ।

म अर्को हप्ता कार्यक्रम आयोजना गर्न लाग्दै छु। तपाईं खानपिनको व्यवस्था मिलाउन सक्नुहुन्छ?

कुनै कार्यक्रमका लागि अनुरोध गर्दा हामी कम्तीमा पनि दुई हप्ताअघि नै हामीलाई उक्त कार्यक्रमका बारेमा सूचना दिन आग्रह गर्छौँ। यसले गर्दा सबै कार्यक्रमहरू सफल हुन्छन् भन्ने कुरा सुनिश्चित गर्न हामीलाई योजना बनाउन र समयतालिका तय गर्न सजिलो हुन्छ। अझ जटिल किसिमका कार्यक्रमका निम्ति सामान्यतया ३० दिनअघिदेखि नै योजना बनाउनु पर्ने हुन्छ। सोधपुछ फाराम पेस गरेपछि Huddle टोलीले तपाईंको कार्यक्रमका आवश्यकताअनुसार ठाउँको उपलब्धतासम्बन्धी जानकारी दिने छ।

क्याटरिङको सुविधा छ?

Yes, catering is available for a paid fee. Alcohol is not permitted at the Huddle. If you’d like to enjoy a bite before or after your event, the Cafe @ Mountain View is located next door to the Huddle and offers a group menu. Submit an inquiry form, and we can help determine the best plan for your attendees.

कार्यक्रम स्थलमा के-कस्ता प्राविधिक सुविधाहरू उपलब्ध छन्?

Huddle मा सजिलै प्रयोग गर्न सकिने प्रविधि र तपाईंका आवश्यकता पूरा गर्ने निम्नलगायतका टुलहरू उपलब्ध छन्: • ९८” को मुख्य प्रेजेन्टेसन प्रोजेक्टर स्क्रिन • स्पिकर • सबवुफर • माइक्रोफोन • कन्फिगर गर्न मिल्ने ट्रयाक लाइटिङ • HDMI एड्याप्टर • ह्वाइटबोर्ड • सुन्न मद्दत गर्ने डिभाइसहरू

मेरो संस्थाले पुनरावर्ती कार्यक्रमहरू बुक गर्न सक्छ

उपलब्धताअनुसार पुनरावर्ती कार्यक्रमहरू पनि आयोजना गर्न सकिन्छ। कृपया सोधपुछ फाराम पेस गर्नुहोस् अनि हाम्रो टोलीले तपाईंलाई सम्पर्क गर्ने छ।

Huddle बुक गर्दा कुनै शुल्क लाग्छ?

Huddle मा उपलब्ध ठाउँ प्रयोग गर्दा भाडा लाग्दैन र कार्यक्रमसम्बन्धी अन्य सेवा शुल्क कार्यक्रमअनुसार निर्धारण गरिने छ।

म प्रश्न सोध्न चाहन्छु। मैले कसलाई सम्पर्क गर्नु पर्छ?

तपाईं हामीलाई huddlebooking@google.com मा इमेल पठाउन सक्नुहुन्छ।

सोधपुछ फाराम भर्नुहोस् अनि हामी तपाईंलाई सम्पर्क गर्ने छौँ

तपाईं Huddle मा कार्यक्रम बुक गर्न चाहनुहुन्छ? कृपया तलका फिल्डहरू भर्नुहोस्।

तपाईंको संस्था गैरनाफामुखी संस्था वा सामुदायिक समूह हो?

कार्यक्रमको मिति र समय आवश्यकताअनुसार परिवर्तन गर्न मिल्छ?

कार्यक्रमका विवरणहरू

कृपया आफ्नो समूह र आफूले आयोजना गर्न चाहेको कार्यक्रमका बारेमा संक्षिप्त जानकारी दिनुहोस्। तपाईंको कार्यक्रमको उद्देश्य के हो?

तपाईंले "अँ" जवाफ दिनुभयो भने तपाईं आफ्नो प्रस्तावित कार्यक्रममा निम्न गतिविधिहरू नगरिने कुरा पुष्टि गर्नुहुन्छ भन्ने अर्थ लाग्छ: दान सङ्कलन, मदिरा, पाइरोटेक्निक, आगो बाल्ने, खेलकुद, खाना पकाउने, अवैध लागुऔषध, हातहतियार, जनावर, धूम्रपान/भेपिङ र क्यान्भासिङ।

कार्यक्रमका आयोजकको उमेर १८ वर्षभन्दा बढी छ?

यो पुनरावर्ती कार्यक्रम हो?

सोधपुछ गर्नुभएकोमा धन्यवाद

हामी तपाईंलाई चाँडै नै सम्पर्क गर्ने छौँ।

हत्तेरिका, कुनै समस्या आयो

कृपया पछि फेरि प्रयास गर्नुहोस्।